धेरै आम्दानी गर्ने खेलाडीको सूचीमा मेस्सी पहिलो, रोनाल्डोको आम्दानी घट्यो !

विराटनगर । सबैभन्दा धेरै कमनाउने खेलाडीको सूची सार्बजनिक हुँदा अर्जेन्टिनाका विश्वर्चित खेलाडी लियोनल मेस्सी पहिलो नम्बरमा परेका छन् ।

विश्वचर्चित आर्थिक म्यागजिन ‘फोब्स’ले  ‘विश्वमा  उच्चतम  भुक्तानी लिने खेलाडीहरू २०१९’ सार्बजनिक गर्दा  पहिलाे नम्बरमा बार्सिलाेनाका कप्तान लियोनल मेस्सी पहिलो नम्बरमा परेका हुन् ।

सर्वाधिक कमाइ गर्ने १०० खेलाडीको सूची  गर्दै फाेब्सले पोर्चुगलका खेलाडी क्रिस्टियानो दोस्रो स्थानमा रहेकाे जनाएकाे छ । सर्बाधिक धेरै धन कमाउने खेलाडीकाे सूचीको तेस्रो नम्बरमा ब्राजिलका खेलाडी नेइमार छन् ।

फोब्सकाे अनलाइन संस्करणमा सार्बजनिक विवरण अनुसार मेस्सीले १२७ मिलियन डलर आम्दानी गरेका छन् । इटालियन क्लब युभेन्टसबाट व्यावसायीक फुटबल खेलिरहेका रोनाल्डोले १०९ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन् । गत वर्ष धेरै आम्दानी गर्ने खेलाडीकाे सूची सार्बजनिक हुँदा राेनाल्डाे पहिलाे नम्बरमा थिए । याे वर्ष दाेस्राे नम्बरमा परेका उनले मेस्सीकाे भन्दा १८ मिलियन कम आम्दानी गरेका छन् ।

तेस्रो स्थानमा रहेका नेइमारले १०५ मिलियन अमेरिकन डलर कमाएका छन् । जुन रोनाल्डोको आम्दानी भन्दा ४ मिलियन कम हो ।

सर्बाधिक धेरै कमाउने खेलाडीको चौथो नम्बरमा बक्सर यानेलो अल्भारेस छन् । मेक्सिकोका  खेलाडी उनले ९४ मिलियन डलर कमाएका छन् ।

पाँचौं स्थानमा रहेका टेनिस खेलाडी रोजर फेडेररले ९३.४ मिलियन आम्दानी गरेका छन् । उनी स्वीट्जरल्यान्ड खेलाडी हुन् ।

फुटबल खेलाडी रसेल विल्सन छैटौ स्थानमा छन् । अमेरिकाका फुटबल खेलाडी उनले ८९.५ मिलियन आम्दानी गरेका छन् ।

Loading...