fbpx

युरो कप छनोट : जर्मनीको शानदार जित

विराटनगर । जर्मनीले युरो कप छनौट चरणको खेलमा इस्टोनियालाई ८–० गोल अन्तरले पराजित गरेको छ । मंगलबार राति भएको खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको इस्टोनियालाई ८–० गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीले स्कोर उच्च बनाउँदा मार्को रिउस र सर्जी जिनाब्रीले समान २–२ गोल गरेका थिए । खेलमा लियोन गोरेट्जा, इकेए गुन्डोगान, टिमो वेर्नर र लिरोए सानेले थप एक एक गोल गरेका थिए ।

कमजोर टोलीमाथि जर्मनीले खेलको सुरुवती अवस्थादेखि नै  दबाबमा राखेकाे थियाे । खेलको १० औं मिनेटबाट गोल गर्न सुरु गरेको जर्मनीले पहिलो हाफमा ५ गोल गरेको थियो भने दोस्रो हाफमा ३ गोल गरेको थियो ।

प्रतिक्रिया

Loading...