युरो कप छनोट : विश्वबिजेता फ्रान्ससँग एन्डोरा पराजित

विराटनगर । विश्व बिजेता फ्रन्सले युरो कप छनोट अन्तरगत मंगलबार राति भएको खेलमा एन्डाेरालाई पराजित गरेकाे छ । आइतबार टर्कीसँग पराजित भएको फ्रान्सले मंगलबार राति भएको खेलमा एन्डोरालाई ४–० गाेल अन्तरले पराजित गरेकाे हो ।

विश्वबिजेता फ्रान्सको जितमा केलियन एमबाप्पे, फ्लोरियन थाउभिन, विसम विन यडर र कुर्ट जौमाले गोल गरेका थिए ।

एमबाप्पेको गोलबाट फ्रान्सले  ११ औं मिनेटमा अग्रता लिएको थियो । खेलकाे  ३० औं मिनेटमा यडर र पहिलो हाफको अन्तिम समयमा फ्लोरियको गोलको मद्दतले फ्रान्सले ३–० ले अग्रता बनाएको थियो ।

दोस्रो हाफको ६०औं मिनेटमा कुर्ट जौमाले गोल गर्दै ४–० को अवस्थामा पूर्याए । बाँकी रहेको समयमा दुबैपक्षबाट गुल हुन नसकेपछि फ्रान्सले ४–० को जित निकालेको हो ।

Loading...