फिफा यु २० विश्वकप : कोरिया रिपब्लिक पहिलो पटक फाइनलमा

विराटनगर । इक्वेडरलाई पराजित गर्दै कोरिया रिपब्लिक फिफा यु–२० विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो सेमिफाइनल खेलमा इक्वेडरलाई १–० गोल अन्तरले पराजित गर्दै कोरिया पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

कोरियाको एतिहासिक जितकालागि ३९ औं मिनेटमा जे छोइले गोल गरे । जुन गोलको मद्दतले अन्तिम दुईको यात्रा तय गरेको कोरियाले उपाधिकालागि युक्रेनसँग  प्रतिस्पर्धा गर्नेछ । युक्रेन इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

पोल्याण्डमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलको ६५ औं मिनेटमा सेरी बुलेस्टाले गरेको गोल निर्णयक बनेपछि युक्रेन फाइनल प्रवेश गरेको थियाे ।

विश्वकपकाे  फाइनल खेल जुन १५ मा हुनेछ ।

Loading...