fbpx

फिफा यु २० विश्वकप : उपाधि दाबेदार इटाली सेमिफाइनलमा पराजित

विराटनगर । फिफा यु–२० विश्वकप फुटबलको उपाधि दाबेदार मानिएको इटाली सेमिफाइनलबाट बाहिरिएको छ । मंगलबार राति भएको सेमिफाइनल खेलमा युक्रेनसँग १–० गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो ।

पाेल्याण्डमा जारी प्रतियाेगिताकाे पहिलाे सेमिफाइनल   खेलको ६५ औं मिनेटमा सेरी बुलेस्टाले गरेकाे गोल निर्णयक बनेपछि युक्रेन फाइनल प्रवेश गरेको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६५ औं मिनेटमा सेरी बुलेस्टाले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए ।

इटालीले ९० मिनेटकाे खेलपछिकाे अतिरिक्त समयमा  गाेल फर्काएकाे थियाे  । तर भिएआर प्रयोग गर्दा विपक्षी खेलाडीमाथि फउल गरेकाे देखिएपछि  इटाली स्तब्ध बनेकाे हाे ।

प्रतिक्रिया

Loading...