प्रम ओली र बेलायतकी समकक्षीबीच द्विपक्षीय वार्ता

काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी समकक्षी टेरिजा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ । मेसँग मङ्गलबार दिउँसो लन्डनमा बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीको भेटवार्ता भएको हो ।

द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी तथा भूतपूर्व गोर्खा सैनिकहरूका गुनासालगायत विविध विषयमा बेलायती समकक्षीसंग प्रधानमन्त्री ओलीले छलफल गरेको जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली,परराष्ट्र सचिव शंकरदास बैरागी, बेलायतस्थित नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीलगायत सहभागी थिए । यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि भेटबार्ता गरेका छन् ।

भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीसँग गैरआवासीय नेपाली संघका पदाधिकारीले पनि छलफल गरे । संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकताको संविधानमा रहेका ब्यवस्थाले केही कठिनाई आएको भन्दै ध्यानकर्षण गराए । बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकले प्रधानमन्त्री ओलीसंग भेट गरी निवृत्तिभरण आदि विषयमा भेदभाव भएको गुनासो गरेका छन् ।

Loading...