fbpx

‘भूल भुलैया’ को सिक्वेलमा कार्तिक आर्यन

विराटनगर ।

फिल्म ‘भूल भुलैया’ को सिक्वेल निर्माण हुने भएको छ । हरर कमेडी जनरामा आधारित भएर निर्माण भएको फिल्म ‘भूल भुलैया’ सन् २००७ को सफल फिल्म हो । यस फिल्मको सिक्वल भूषण कुमारले निर्माण गर्न लागेका हुन् ।

‘भूल भुलैया’मा अभिनेता अक्षय कुमार र अभिनेत्री विद्या बालनको मुख्य भूमिका रहेको थियो । यस चलचित्रमा विद्याको भूमिका निकै रहस्यमयी देखाइएको थियो । फिल्ममा अक्षय र विद्याका अलावा शाइनी आहूजा, अमीषा पटेल, राजपाल यादव र परेश रावलको मुख्य भूमिका रहेको थियो ।

‘भूल भुलैया २’ का मेकर्सले यस फिल्मका लागि अहिलेका चर्चित अभिनेता कार्तिक आर्यनलाई फाइनल गरेका छन् । यसमा उनीसँग अभिनेता अक्षय कुमार पनि देखिन सक्ने सम्भावना रहेको छ । फिल्मका अरु कलाकार भने फाइनल भएका छैनन् ।

उक्त फिल्मको सिक्वलको निर्देशन र लेखन फरहाद सामजीले गर्ने भएका छन् । भूषण कुमारले फिल्मको नाम ुभूल भुलैया २ु भनेर रजिस्टर पनि गरिसकेका छन् । कार्तिकले हालै ‘भूल भुलैया २’ का निर्मातासँग भेट गरेर फिल्मको आइडिया मन परेको बताएका छन् ।

कार्तिक अहिले ‘लभ आज कल’ को दोस्रो पार्ट ‘लभ आज कल २’को छायांकनमा व्यस्त छन् । यस फिल्ममा कार्तिक अभिनेत्री सारा अली खान देखिँदै छन् । ‘लभ आज कल २’को छायांकन पछि कार्तिकले भूमि पेडनेकर र अनन्या पान्डेसँग फिल्म ‘पति पत्नी और वो’ को छायांकन सुरु गर्दैछन् । यस पछि मात्र कार्तिकले ‘भूल भुलैया २’ का लागि समय दिन सक्ने छन् ।

प्रतिक्रिया

Loading...