fbpx

एकैपटक के के खान हुन्छ, के के हुदैन् ?

विराटनगर ।

हामीले दिनहुँ खाने खानाले हामीलाई पोषण तत्व र शक्ति प्रदान गर्छ । दैनिक काम गर्नको लागि होस् या हाम्रो स्वास्थ्य स्थितिलाई राम्रो गर्नको लागि होस् हामीले दैनिक खानेकुराले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

खानेकुरा खानेमात्र भनेर हुदैन् । हामीले खान पायो भन्दैमा ज पायो तेही खाने गर्नु हुदैन् । कुन चिज कहिले खाने र के सँग खादा राम्रो हुने वा के सँग खादा हानी हुने यस्ता कुराहरुको ख्याल राख्न निकै जरुरी छ । अन्यथा हामीले थाहा नपाई खानालाई आफैले बिष बनाइरहेका हुन्छौ ।

धेरै जसो मान्छेहरुलाई कुन खानेकुरालाई के संग मिसाएर खानुहुँदैन् भन्ने जानकारी हुँदैन । यसले गर्दा कहिलेकाँही खानाकै कारण हामी गम्भीर बिरामी पनि हुन सक्छौँ । हाम्रो पाचन प्रणाली अबरुद्ध भएर हामीलाई विभिन्न प्रकारको रोग पनि लाग्ने गर्छ ।

कतिपय मानिसलाई फुड पोइजनिंग पनि हुने सम्भावना हुन्छ । हामीले भुलेर पनि कुनै खानेकुरालाई संगै अथवा मिसाएर खाने गर्नु हुदैन् । हामीले कहिले पनि दूधसँगै कागती, सुन्तला वा अन्य अमिलो चिज खानुहुँदैन । यसले हाम्रो पेटमा एसिडको मात्रा बढाएर हामीलाई ग्यास्ट्रिक हुन सक्छ ।

हामीले भातसंग कहिले पनि फलफूल खाने गर्नु हुदैन् । फलफुल संग हामीले कहिले पनि स्टार्चयुक्त खानेकुरा खानुहुँदैन् । भातमा स्टार्च धेरै पाइन्छ । फलफूल छिट्टै पचाउन सकिन्छ, तर स्टार्चयुक्त खानेकुरालाई पचाउन समय लाग्ने हुदा दुवैलाई कहिले पनि सँगै खानुहुँदैन् ।

चिसो पेयपदार्थ पिउनासाथ पुदीना वा अन्य सितल प्रदान गर्ने खानेकुरा अथवा चकलेटको सेवन गर्नु हुँदैन् । यसले हाम्रो शरीरमा ग्यास पैदा गराउछ । कुखुराको मासु सँगै जुस, मिठाई वा अन्य गुलियो पदार्थ खानु हुँदैन् ।

साथै माछा र दहिको पनि सेवन एकसाथ गर्नु हुदैन् । यदि संगै सेवन गरेमा यसले हामीलाई विभिन्न पेटसम्बन्धी रोगहरु निम्त्याउन सक्छ ।

प्रतिक्रिया

Loading...