‘फाइटर्स’मा ऋतिक रोशन र टाइगर श्राफ एक अर्कासंग भिड्दै

विराटनगर ।

बलिउडका चर्चित अभिनेता ऋतिक रोशन र एक्सन हिरो टाइगर श्राफ एकसाथ एउटै फिल्ममा अनुबन्धित भएका छन् । यशराज ब्यानरको फिल्म ‘फाइटर्स’ मा यी दुई अभिनेता एकसाथ अभिनय गर्ने भएका छन् । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दै छन् ।

गत सेप्टेम्बरबाट छायांकन सुरु भएको यस फिल्मको नाम भने सार्वजनिक गरिएको थिएन । तर, अब भने फिल्मको नाम र यसका कलाकारहरुको नाम सार्वजनिक गरिएको छ । फिल्मलाई विभिन्न ६ वटा देशमा छायाँकन गरिएको छ ।

फिल्ममा ऋतिक र टाइगरको दुश्मनी देखाइएको छ । फिल्ममा ऋतिक र टाइगरका साथ नायिका बाणी कपुरको मुख्य भूमिका रहने छ । फिल्ममा बाणीले यी दुईसँग रोमान्स गर्ने भएकी छिन् ।ठूलो बजेटमा निर्माण हुने यस फिल्मबाट टाइगर र ऋतिकले पहिलो पटक सँगै काम गर्न लागेका हुन् ।

भारतीय मिडियाका अनुसार ऋतिकले यस फिल्ममा अभिनय गर्नका लागि ४८ करोड भारतीय रुपैयाँ लिएको खबर सार्वजनिक भएको छ । आफ्नो बडी र डान्सका कारण चर्चामा आउने टाइगर र ऋतिकलाई संगै हेर्न दर्शकहरु निकै उत्साहित रहेका छन् ।

Loading...