fbpx

भ्यानको ठक्करबाट १ को मृत्यु, २ घाइते

मोरङ।

मोरङको धनपालथान गाउँपालिका ४ गदिया खोला नजिक मंगलबार भ्यानको ठक्करबाट १ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । रंगेली विराटनगर सडक खण्डमा बिहान ६ बजे एनएमसी डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका ४ का १२ वर्षीय मोहमद जवार, बर्ष १८ को मोहमद कैफ र धनपाल थान ५ का अफसार अन्सारीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका मोहमद जवारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते तीनै जनाको न्यूरो अस्पताल विराटनगर उपचार भइरहेको बेला जवारको बिहान साढे ६ बजे मृत्यु भएको हो । अन्य दुई जनाको सोही अस्पतालमा उपचार भईरेहेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरी टोलीले ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका ७ का २२ वर्षीय गोविन्द प्रसाद अधिकारीलाई नियन्त्रणमा लिईएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Loading...