शौचालयको छत भत्किदाँ ४ बालबालिकाको मृत्यु

दार्चुला ।

दार्चुलामा एक विद्यालयमा शौचालयको छानो भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ ।

प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टका अनुसार नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत बालबालिकाको मृत्यु भएको छ ।

विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्ने क्रममा ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको हो । शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको प्रहरीले जनाएको छ ।

छतमा खेलिरहेका बालबालिकाहरु मध्ये निरुता ठगुन्ना, अनुष्का धामी, युनिका ठगुन्ना र सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अझै शवहरु फसेको हुन सक्ने भन्दै प्रहरी टोली तथा स्थानीयहरुले उद्धार गरिरहेको जनाईएको छ ।

Loading...