मिसन टोलीले भन्यो ‘इटहरीका मेयरको अभिव्यक्ति असंवैधानिक’

सुनसरीको ईटहरी उपमहानगरपालिका प्रमुख द्धारिकालाल चौधरी र पत्रकार विवाद प्रकरण

विराटनगर ।
इटहरी उपमहानगरपालिका प्रमुुख द्वारिकलाल चौधरीले इटहरीका पत्रकारहरुलाई धाकधम्की दिएर विभिन्न आम सञ्चार माध्यममा दिएको अभिव्यक्ति असंवैधानिक, गैरकानुनी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिरोधी र पदीय मर्यादा विपरीत भएको मिसन टोली निष्कर्ष निकालेको छ ।

बिभिन्न आमसञ्चार माध्यममा पत्रकार विराट अनुपमलाई आक्रमण गर्न एक करोड रुपैयाँ छुट्याएको भन्ने धम्कीपूर्ण अभिव्यक्ति सार्बजनिक भएको र सोही ठाउँका पत्रकार कृष्ण वहाव भट्टराई र विकल रेग्मीमाथि शारीरिक हमला भएपछि नेपाल पत्रकार महासंघले गठन गरेको मिसन टोलीले यस्तो निकर्ष निकालेको हो । महासंघका केन्द्रिय सदस्य मोहनकाजी न्यौपानको नेतृत्वमा गठन भएको चार सदस्यि मिसन टोलीले इटहरीका पत्रकाहरुमाथि उपमहानगर प्रमुखबाट भएको धाकधम्की र व्यवहार अत्यन्त अराजक, अभद्र र गम्भीर प्रकृतिको भएको पनि ठहर गरेको छ ।

२४ जेठदेखी निरन्तर सुक्षम अध्यन गरेर तयार पारेको मिसन टोलीको प्रतिबेदनको सारांस प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिका महासचिव विवेक गौतमले प्रमुख द्वारिकलालले विभिन्न सञ्चार माध्यमसँगको अभिव्यक्तिमा भ्रष्टाचार नियन्त्रणमा पत्रकारले बाधा उत्पन्न गराएको भनी लगाएको आरोप पनि भ्रामक एवम् आधारहिन भनेर प्रतिबेदनमा उल्लेख भएको जानकारी गराए ।

‘सीएफएल खरिदमा भएको अनियमितता ईहटरीका पत्रकार विराट अनुपमले नै पहिलोपटक मिडियामा सार्वजनिक गरेको र भ्रष्टाचारविरोधी अभियानमा इटहरीका पत्रकारहरु क्रियाशिल रहेको पाइएको मिसन टोलीको निष्कर्ष छ , —महासचिव गौतमले भने ।

प्रतिबेदनमा मिसन टोलीसँगको भेटघाटमा उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पत्रकार र प्रेस जगतप्रति गलत अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यसमा आफू सच्चिन तयार रहेकाले सार्वजनिक स्थलमा गएर ‘कान समातेर सयपटक उठवस गर्न पनि तयार’ रहेको बताउनु , २०७६ जेठ २६ गते प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार जगतप्रति आघात पुग्ने सम्पूर्ण अभिव्यक्ति फिर्ता लिनु आदि कुरा सकारात्मक भएपनि उनले गरेको यस्तो प्रतिबद्धता दोस्रोपटक भएकाले गर्दा घटना फेरि नदोहोरिने वातावरण बनाउन स्वयम् प्रमुख द्वारिकलाल चौधरीले भूमिका खेल्नुपर्ने पनि उल्लेख छ ।

प्रमुख चौधरीको पत्रकार र प्रेस जगतप्रतिको हर्कत दोहोरिदा पनि उहाँ आबद्ध पार्टी नेकपा घटनाप्रति गम्भीर नभएको र घटना सम्बन्धमा आफ्नो पार्टीको दृष्टिकोण सार्वजनिक नगरेकोले आगामी दिनमा सबै दलहरुलाई मानव अधिकार र प्रेस स्वतन्त्रताको घटनामा सचेत र संबेदनशिल हुन पनि मिसन टोलीले आगह्र गरेको छ ।
पीडित पक्षले न्यायको अनुभूति गर्न र आगामी दिनमा दण्डहिनताले प्रोत्साहन नपाओस् भनेर सचेततापूर्वक नगरप्रमुख चौधरीको गतिविधि निगरानी गर्न र आवश्यकता अनुसार कानूनी मार्ग अवलम्बन गर्न पत्रकार महासंघ र पिडित पक्षलाई तयार रहन पनि मिसन टोलीले सचेत गराएको छ ।

इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारमाथि दिएको धाकधम्की र त्यसपछि उत्पन्न अवस्था एवं सुनसरीको धरानमा पत्रकार दिलकुमार राईमाथि भएको आक्रमणको घटनाको विषयमा अध्ययन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्न पत्रकार महासंघ १ नंं. प्रदेश समितिले २०७६ जेठ २३ गते मिसन टोली गठन गरेको थियो ।

२०७६ जेठ २१ गते कोशीपत्र दैनिक र प्रदेश पोर्टलमा कार्यरत पत्रकार विराट अनुपम (गौतम) लाई प्रमुख चौधरीले दिएको नाक भाँच्ने धम्की र न्यूज २४ टेलिभिजनसहित अन्य सञ्चार माध्यममा ‘संविधान र कानुन मान्दिन, इटहरीमा मेरो शासन चल्छ, मेरो विरुद्ध लेख्नेलाई मोसो दलेर टिन ठटाएर बजार घुमाउँछु, निर्धाहरुले मात्रै कानुन र पुलिसकोमा जाने हो, कानुन नमाने पनि नेपालमा केही हँुदैन’ अस्वाभाविक, अराजक र अमर्यादित अभिव्यक्ति, त्यसअघि चौधरीले पत्रकारहरुमाथि गरेको दुव्र्यबहारको घटना र सुनसरीको धरानमा २१ गते नै भएको आक्रमणको घटना अध्यन गर्न नेपाल पत्रकार महासघ एक नम्बर प्रदेश समितिले मिसन टोली गठन गरेको थियो ।

टोलीले २५ जेठदेखी २८ जेठ सम्म ३० जनासँग प्रत्यक्ष र अन्यसँगको अप्रत्यक्ष कुराकानी घटनासँग जोडिएका अडियो तथा भिडियो रेकर्ड, समाचार सामाग्रीहरु, सामाजिक सञ्जालमा व्यक्त बिचारहरुसमेत संकलन गरि अध्ययन गरेर प्रतिबेदन तैयार गरेको हो ।

मिसन टोलीले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी प्रमुख जवाफदेही व्यक्ति समेत भएको हुँदा सञ्चारकर्मीले उहाँलाई पत्रकारले प्रश्न सोध्नु स्वभाविक भएको तर सञ्चार माध्यमले समाचार लेखेको र प्रश्न सोधेको आधारमा अनाश्यक आवेग, उत्तेजना र दुव्र्यबहारमै उत्रिने कमजोरी सुधार्न सुझाव दिएको छ ।

यसैगरि पत्रकारले समाचार रिपोर्टिङ गर्दा र अन्तर्वार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने, अशिष्ट, अमर्यादित र पूर्वाग्रही प्रश्न नगर्न रपत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारहरुले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुन पनि आग्रह गरेको छ ।

यसैगरि समाचारसम्बन्धी गुनासोहरुको प्रारम्भिक सुनुवाईं गर्न पत्रकार महासंघको जिल्ला शाखामा संयन्त्र निर्माण गर्न , मिडिया सञ्चालक, पत्रकार, पत्रकार महासंघ र समाचार उपभोक्ताबीच छलफल तथा संवाद नियमित रुपमा गर्ने वातावरण निर्माण गर्न र.नेपालको संविधान, प्रचलित कानून र प्रेस स्वतन्त्रताको पालना गर्न गराउन राजनीतिक दलहरुले आफ्ना नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरुलाई सचेत गराउनु पर्ने पनि सझुाएको छ ।

महासंघका पुर्व केन्द्रिय सदस्य गणेश लम्साल , प्रदेश समिति सदस्य जयकृष्ण यादब र सुनसरी शाखाका अध्यक्ष अमर खडका सदस्य रहेको उक्त्त मिसन टोलीले पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो र पटकपटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुपै्र पाइएको आफनो व्यवहार सच्याउन पनि पत्रकार अनुपमलाई आगह गरेको छ ।

धरानमा पत्रकारमाथिको आक्रमण लागू औषध सेबन गर्नेबाट

यसैगरि धरानमा कार्यरत पत्रकार दिलबहादुर राईमाथि धरान वडा नं. १२ चतरालाइनमा रहेको कार्यकक्षमै भएको भौतिक आक्रमण लागूऔषध सेवन गर्ने युवाबाट भएको खुलेको दोषी धरान वडा नं. १६ घर भई अहिले वडा नं. १० मा ठूलीआमाको घरमा बस्दै आएका २३ वर्षीय फुर्वा शेर्पालाई प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गरेर कानुनी कारबाही अघि बढाएको पाइएको मिसन टोलीले ठहर गरेको छ ।

Loading...