प्रितम आचार्य बने इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूत

विराटनगर,
भारतीय टिभी जिटिभीमा प्रसारित गायन रियलाटिली शो ‘सारेगम लिटिल च्याम्प्स्’को सेकेन्ड रनरअप बनेका इटहरीका प्रितम आचार्यलाई इटहरी उपमहानगरपालिकाले बाल सद्भावना दूत घोषित गरेको छ ।

मंगलबार सम्मान कार्यक्रम गर्दै ११ वर्षीय बाल गायक प्रितमलाई बाल सद्भावनादूत बनाएको हो । प्रितम २०७२ सालमा कान्तिपुर टिभीबाट प्रशारित कार्यक्रम ‘सुरशाला आइडल जुनियर’का उपविजेता हुन् ।

Loading...