कसले जित्ला बालोन डी’ओर ? ‘र्‍याङकिङ’ मा मेस्सी र रोनाल्डोभन्दा भान डायक अगाडि

एजेन्सी,
युरोपियन च्याम्पियन्स लिग विजेता लिभरपुलका सेन्टर ब्याक भर्जिल भान डायकले सन् २०१९ को बालोन डी’ओरको र्याङकिङमा अग्रता बनाएका छन् । च्याम्पियन्स लिगको उपाधि दिलाएका खेलाडी भान डायकले समान पाँच–पाँच पटकका विजेता मेस्सी र रोनाल्डोलाई बालोन डी’ओरेको दौडमा पछि पारेका हुन् ।

पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई यस सिजन पनि दादेबाररको रूपमै हेरिएको छ । इटालियन क्लब युभेन्टसलाई सिरी ‘ए’ र सुपर कोपा इटालियाको उपाधि दिलाएका क्रिष्टियानोले आफ्नो राष्ट्र पोर्चुगललाई युइएफए नेशन्स लिगको उपाधि दिलाएपछि उनलाई दाबेदारको रूपमा हेरिएको हो ।

यता, व्यक्तिगत अवार्डमा वर्चस्व कमाएका मेस्सीले पनि ला लिगा जितेका छन् । सर्वाधिक गोलकर्ता मेस्सी यस पटक पनि बालोन डी’ओर दाबेदारको सूचीको दोस्रो स्थानमा छन् । पहिलो नम्बरमा भने भान डायक नै छन् ।

उक्त सूचीको तेस्रो स्थानमा पोर्चुगलका खेलाडी बनान्डो सिल्भा रहेका छन् । सिल्भाको क्लब म्यानचेष्टर सिटीले प्रिमियर लिगका साथै एफए कपको उपाधि जितेको छ । यस्तै चौथो नम्बरमा लिभरपुलकै स्टार खेलाडी साडियो माने रहेका छन् भने उनीभन्दा एक स्थान तल उनकै सहकर्मी तथा लिभरपुलका एलिशन बेकर छन् ।

यस्तै छैटौं स्थानमा सिटीका रहिम स्टर्लिङ रहँदा लिभरपुलका स्टार मोहम्मद सालाह सातौं स्थानमा तथा क्रिस्टियानो रोनाल्डो आठौं स्थानमा छन् । यसैगरी आठौंमा चेल्सीबाट हालै रियल मड्रिड गएका इडेन हाजार्ड रहँदा नवौं स्थानमा पिएसजीका किलियन एम्बाप्पे रहेका छन् ।

Loading...