fbpx

टेलिभिजनमा डेब्यू गर्न करिनाले मागिन् दैनिक तीन करोड रुपैयाँ

विराटनगर,
जी टिभीबाट आउने डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’ को निर्णायकको रुपमा उनले टेलिभिजनमा डेब्यु गर्न लागेकी छन् । उक्त सोमा जज बन्नको लागि निर्माण पक्षले उनलाई आग्रह गरेका थिए । यस शोका लागि करिनाले दुई वोटा डिमाण्ड राखेकी थिईन् ।

निर्माण टिमले गरेको आग्रहलाई स्वीकार गर्दै करिनाले प्रति एपिसोड गर्नका लागि तीन करोड रुपैयाँ मागेकी छन् । तीन महिनासम्म चल्ने उक्त सो को करिब ३० एपिसोड प्रसारण हुने भएको छ । करिनाले पूरा सोबाट लगभाग ९० करोड लिने भएकी छन् ।

रियालिटी शोहरुमा निर्णायक बन्ने नायकहरुले चर्को पारिश्रमिक लिँदा हामी नायिकाहरुले किन लिन हुँदैन भन्ने प्रश्न गर्दै उनले चर्को पारिश्रमिक लिएको बताइएको छ । उनले यस शोको शुटिंगका लागि ८ घण्टाभन्दा बढी समय दिन नसक्ने स्पष्ट पारेकी छन् ।

छोरा तैमुरका लागि घर जानुपर्ने भन्दै करिनाले यस शोको लागि ८ घण्टामा छायांकन सकेर जाने र योभन्दा बढी समय दिन नसक्ने बताएकी छन् । आफूले मागेजत्ती रकम र समय मिलेमा करिनाले टेलिभिजन स्क्रीनमा डेब्यु गर्ने भएकी छन् ।

प्रतिक्रिया

Loading...