fbpx

मौसमअनुकूल फल आरुवखडा शरीरका लागि निकै लाभदायक

आरुवखडाको मौसम भएकाले बजारमा जताततै आरुवखडा बेच्न राखेको देखिन्छ । मौसमअनुकूल फलफूल शरीरको लागि निकै लाभदायक हुन्छ । प्राकृतिक ढंगले बोटमै पाकेको आरुवखडा स्वास्थ्यका लागि निकै लाभदायक पनि हुन्छ ।

स्वादका लागि यसलाई जाम बनाएर पनि सेवन गर्न सकिन्छ । आरुवखडामा भिटामिन सि, ए, के, बी ६, बेटा–कारोटिन, पोटासियम, बेटा कारोटिन, खनिज तत्व, एन्टि अक्सिडेन्ट र फाइबर पर्याप्त मात्रामा पाइन्छ ।

यसलाई खादा स्वाद मिल्नुका साथसाथै यसले हाम्रो स्वास्थ्यमा लाभ पुर्याउन पनि मद्दत गर्छ । यसले रोगप्रतिरोधात्मक क्षमता बिकाश गर्नुका साथै यसले क्यान्सर तथा अल्जाइमर जस्ता रोगको संभावना कम गर्छ ।

अनुसन्धान अनुसार आरुवखडाले स्वस्थ्य कोषहरुमा हानी नर्पुयाई स्तन क्यान्सरका कोषहरु नष्ट गर्नमा पनि मद्धत गर्ने बताइएको छ । पाचन प्रणाली सक्रिय राखेर कब्जियत, अपच र पेट सम्बन्धि हुने विभिन्न समस्याहरु रोक्न मद्दत गर्छ ।

यसले रक्तचापलाई सन्तुलनमा राखेर मधुमेह र हृदयघात हुने सम्भावनालाई पनि कम गर्छ । यसमा ग्लुकोजको मात्रा निकै कम हुने भएकाले यसको सेवनले मधुमेह नियन्त्रण गर्न मद्धत र्पुयाउँछ । यसले स्मरण शक्तिमा वृद्धि गर्न मद्दत गर्नुका साथै छालाको लागि यो फाइदाजनक हुन्छ ।

यसमा कम क्यालोरी हुनाले यसले मोटोपना घटाउन पनि सहयोग गर्छ । साथै यसले रगत सफा गर्ने, रगत जम्न नदिने, तनाव हुन नदिने, खराब कोलस्ट्रोलको मात्रा घटाएर शरीरमा हुने अन्य समस्याका लागि पनि लाभदायक मानिन्छ ।

प्रतिक्रिया

Loading...