fbpx

‘यस पटकको बालोन डी’ओर मेस्सीले नै जित्छन्’

एजेन्सी,
सन् २०१९ को बालोन डि‘ओर अवार्डका लागि मेस्सीसहित तीन जनलाई प्रमुख दाबेदार रूपमा हेरिएको छ । मेस्सीका साथमा पोर्चुगिज स्टार खेलाडी क्रिष्टिायानो रोनाल्डो र लिभरपुलका भर्जिल भान डायकलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

इटालियन क्लब युभेन्टसलाई सिरी ‘ए’ र सुपर कोपा इटालियाको उपाधि दिलाएका क्रिष्टियानोले आफ्नो राष्ट्र पोर्चुगललाई युइएफए नेशन्स लिगको उपाधि दिलाएपछि उनलाई प्रमुख दाबेदारको रूपमा हेरिएको हो ।

यस्तै च्याम्पियन्स लिगको उपाधि दिलाएका खेलाडी भान डायकलाई पनि यसपटक दाबेदार रूपमा हेरिएको छ । यता, दुवैका प्रतिस्पर्धी मेस्सीले भने आफ्नो टोली बार्सिलोनालाई ला लिगाको उपाधि दिलाएका थिए । मेस्सीले सन् २०१८ मा धेरैवटा व्यक्तिगत अवार्ड आफ्नो नाममा पारेका छन् ।

यी तीनै प्रतिस्पर्धीमध्ये कसले बालोन डी’ओर जित्ने भन्नेमा कौतुहलता उत्पन्न भएको छ । यस्तैमा युरोपियन च्याम्पियन्स लिग विजेता लिभरपुलका पूर्व डिफेन्डर जेमी करगारले सन् २०१९ को बालोन डी’ओर बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जित्ने दाबी गरेका छन् ।

४१ वर्षीय करगारले स्काई स्पोर्ट्ससँगको कुराकानीमा प्रतिष्ठित फुटबल उपाधि बालोन डी’ओर अर्जेन्टिनी खेलाडी मेस्सीले जित्ने दाबी गरेको हुन् । उनले लिभरपुलका खेलाडी भान डायक पनि दाबेदार रहेपनि डायकले आफ्नो टोली नेदरल्याण्डलाई फाइनल जिताउन नसक्दा मेस्सीले नै उक्त अवार्ड जित्ने दाबी गरेका हुन् ।

उनले भनेका छन्, ‘बालोन डी’ओरको दौडमा मेस्सी सबैभन्दा अगाडि छन् । मेरो विचारमा मेस्सी एक इमान्दार खेलाडी हुन् । त्यैपनि सेन्टर ब्याकले पाएको तपाईँले कमै देख्नु भएको छ ।’

उनले थपेका छन्, ‘मेस्सीको यस सिजन शानदार रहेको छ । च्याम्पियन्स लिग जित्न नसकेपनि उनी विश्वका उत्कृष्ट खेलाडी हुन् । र, मेरो विचारमा यस सिजनको बालोन डी’र मेस्सीले नै जित्छन् ।’

प्रतिक्रिया

Loading...