fbpx

विराटनगरबाट दुई थान पेस्तोल र गोलीसहित भारतीय पक्राउ

विराटनगर,
प्रहरीले मोरङको विराटनगरबाट २ थान पेस्तोल र गोलीसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हतियारसहित भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया–७ घर बताउने अन्दाजी २० वर्षीय कुनाल कुमारलाई पक्राउ गरेको हो ।

सोमबार राति ८ः४० बजेको समयमा विराटनगर महानगरपालिका–९ मा रहेको एक होटलमा हतियारसहित बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा अटोमेटिक पेस्तोल थान–१, सोही पेस्तोलको म्याग्जिन थान–१, म्याग्जिनमा लोड भएको गोली ४ राउण्ड, कटुवा पेस्तोल थान–१, पेस्तोलमा लोड भएको गोली १ राउण्ड र उनले लगाएको पाइन्टको गोजीबाट कटुवा पेस्तोलमा लाग्ने ३ राउण्ड गोली बरामद गरेको थियो ।

हतियारसहित पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Loading...