fbpx

‘फास्ट एन्ड फ्युरियस ९’ मा जोन सिनाको इन्ट्री

हलिउडको सुपरहिट फिल्म ’फास्ट एन्ड फ्युरियस’ को ९औं पार्टमा डब्ल्युडब्ल्युइका सुपरस्टार जोन सिनाको इन्ट्री भएको छ । जोन सिना यस फिल्मका मुख्य कलाकार भिन डिजेल र मिसेल रोड्रिगुएजको अपोजिट रोलमा देखिने भएका छन् ।

जोन सिनाले यस अघि पनि फिल्म खेलिसकेका छन् भने अब उनले भिन डिसेलसँग पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । जोन सिनाले आफ्नो औपचारिक ट्विटर एकाउन्टबाट पोस्ट सेयर गर्दै आफू यस फिल्ममा अनुबन्धित भएको अफिसियल घोषणा गरेका हुन् ।

करिब २० वर्ष देखि ’फास्ट एन्ड फ्युरियस’ फ्रेन्चाइजले दर्शकलाई मनोरंजन गरिरहेको र आफु यस प्रोजेक्टमा जोदिदा निकै भाग्यमानी रहेको आफ्नो पोस्ट मार्फत बताएका छन् । युनिभर्सल पिक्चर्सको ब्यानरमा निर्माण हुने यस फिल्मलाई जस्टिन लिनले निर्देशन गर्दै आएका छन् ।

फिल्म २०२० को मे महिनाको २२ गतेका दिन रिलिज हुने पक्का भएको छ । फास्ट एन्ड फ्युरियस फ्रेन्चाइज सन् २००१ मा ‘द फास्ट एन्ड द फ्युरियस’ बाट सुरु भएको थियो । फिल्ममा जोनको भूमिका बारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

Loading...