fbpx

कस्तो अवस्थामा मच्छरले धेरै टोक्छ ?

कहिलेकाहिँ हामीलाई मच्छरले निकै सताउने गर्छ । हामी कहिलेकाहिँ आफूलाई मात्र मच्छरले धेरै टोकेको अनुमान गर्छौँ । धेरै जनाको भिड हुँदा पनि मच्छरले हामीलाई नै टोक्न आइरहेको छ भने यसमा केही कारण त पक्कै हुनु पर्छ ।

गर्भावस्थामा रहेका महिलाहरुलाई मच्छरले धेरै टोक्ने गर्छ । यस समयमा उनीहरुको श्वासमा कार्वनडाईअक्साईको मात्रा साधारण बेलाको भन्दा २१ प्रतिशतले धेरै हुनाले मच्छरले धेरै टोक्ने गरेको पाइएको छ ।

यदि हाम्रो शरिरको तापक्रम धेरे छ भने त्यस्तो समयमा पनि मान्छेलाई मच्छरले धेरै सताउने गर्छ ।मच्छरले अँध्यारोमा धेरै टोक्ने गर्छ । यदि गधा रंग भएको लुगा लगाएको छ भने पनि मच्छरले धेरै टोक्ने गर्छ ।

अरु रंग भन्दा पनि धेरै जसो कालो, गाढा निलो, हरियो रंगको लुगा लगाएका व्यक्तिलाई बढी मच्छरले टोक्ने गरेको देखिन्छ । यदि गाढा लुगा नलाएको खण्डमा धेरै मच्छरले आफुलाई टोक्छ भन्ने हामीले हाम्रो ब्लड ग्रुप चेक गराउनु जरुरि देखा परेको छ ।

वैज्ञानिकहरुका अनुसार ‘ओ’ ब्लड ग्रुप भएका व्यक्तिहरुलाई मच्छरले धेरै टोक्ने गरेको पाइएको छ ।उनीहरुका अनुसार अरु ब्लड ग्रुपका व्यक्ति भन्दा ‘ओ’ ब्लड ग्रुप भएका व्यक्तिहरुलाई टोक्नुको कारण त्यसमा पाइने तरल पदार्थ हो ।

‘ओ’ ब्लड ग्रुपमा अरु ब्लड ग्रुपका मानिसहरुको ब्लडमा पाइने भन्दा विशेष किसिमको तरल पदार्थ पाइने गर्छ । यस्तो तरल पदार्थ मच्छरले निकै मन पराउने गर्छन् । त्यसै कारणले पनि ‘ओ’ ब्लड भएका मानिसहरुलाई मच्छरले धेरै टोक्ने गर्दछ ।

त्यस्तै, ‘ए’ ब्लड ग्रुप भएका मानिसहरुको रगत मच्छरले सबैभन्दा कम खाने गरेको वैज्ञानिकहरुले बताएका छन् ।

प्रतिक्रिया

Loading...