समुन्द्रमा माछा मार्दै फुटबल स्टार मोहमद सालाह

विराटनगर । च्याम्पियन्स लिगको उपाधि जितेको लिभपुरका खेलाडीहरु अहिले विदामा छन् । टाेटनह्यामलाइ फाइनलमा २–० गाेल अन्तरले पराजित गर्दै  १४ वर्षपछि उपाधि जित्दा खेलाडी र समर्थकहरुले एकसाता सम्म सेलिब्रेसन गरे ।

सेलिब्रेसन पछि खेलाडीहरु विदामा गएका हुन् । बिदामा रहेका लिभरपुलका खेलाडी मोहमद सालाहले समुद्रमा माछा मार्दै गरेको फोटो सार्बजनिक भएको छ । समुद्रमा उनले ठूलो माछा समातेको फोटो सार्बजनिक गरेका हुन् ।

फोटोमा माछालाई औलाले देखाएका सालाह मुस्कुराएको देख्न सकिन्छ । परिवारसँग छुट्टी मनाइरहेका उनले हाफपेन्ट लगाएर माछा समातेको फोटो सार्बजनिक गरेपछि केही समर्थकले आलोचन गरेका छन् भने धेरैले प्रशंसा गरेका छन् ।

Loading...