fbpx

दूध बोक्ने गाडीको ठक्करबाट एक बालककाे मृत्यु, दुई गम्भीर घाइते

दुर्घटनाकाे विराेधमा रंगेली रोडमा चक्काजाम

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ गदिया खोला नजिकै  दूध बाेक्ने भ्यानको ठक्करबाट स्कुले विद्यार्थीको ज्यान गएको छ । मंगलबार विहान दुध बोक्ने गाडीको ठक्करबाट १२  वर्षीय मोहमद जवारको मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट अन्य २ जना गम्भीर घाइते भएका छन् । रंगेली बिराटनगर सडक खण्डमा बिहान ६ बजेको समयमा एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले ठक्कर दिएको थियो ।

ठक्करबाट पैदलयात्री धनपालथान गाउँपालिका–४ का १२ वर्षीय मोहमद जवार, १८ वर्षीय मोहमद कैफ र १५ वर्षीय अफसार अन्सारी गम्भीर घाइते भएका थिए ।

ठक्करबाट गम्भीर घाइते तीन जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएको थियाे  तर अस्पतालले  मोहमद जवारलाई बिहान साढे ६ बजे मृत घाेषणा गरेकाे थियाे  । दुईजनाको सोही अस्पतालमा उपचार भईरेहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका–७ बस्ने बर्ष २२ को गोविन्दप्रसाद अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

ठक्करबाट बालककाे मृत्यु भएपछि आक्रोशित स्थानीयले रंगेली विराटनगर सडक खण्ड अवरुद्ध गरेका थिए । तर केही समय पछि चक्काजाम खुलेको डिएसपी श्रेष्ठले जानकारी दिए ।  श्रेष्ठका अनुसार हाल सो सडक खण्डको अवस्था सामान्य छ । चालकलाइ कडा कारवाही गर्ने आश्वासन दिएपछि चक्काजाम फिर्ता भएकाे हाे ।

घाइते मध्ये एकको उपचारकालागि तत्काल रगत आवश्यक परेपछि प्रहरी जवानले नै रगत दिएका छन् ।

सशत्र पहरी गण रानीमा कार्यरत प्रहरी जवान सुरज बिकले महमद कैफलाई रगत दिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Loading...