रोग निको पार्ने घरेलु औषधि विरेनुन

प्राचिन काल देखिनै मानव सभ्यतामा विरेनुनलाई अति मूल्यवान मानिदै आइएको छ । विभिन्न अनुसन्धानका अनुसार बिभिन्न थरिका रोग निको पार्न विरेनुन संसारकै सबैभन्दा उत्तम नुन रहेको पनि साबित भएको छ ।

विरे नुनमा सल्फर, आइरनलगायतका शरीरलाई चाहिने आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । अपचका कारण केटाकेटीलाई पेट दुख्दा, पेट पोल्दा वा झाडापखाला लागेमा विरे नुन सहितको पानी बनाएर औषधीका रुपमा दिने गरिन्छ ।

विरे नुनले पेटमा भएका विषाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्छ । यसले पेटलाई स्वस्थ राख्नुका साथै खाना पचाउनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले ग्यास्ट्रिक, कब्जियत, अम्लीय लगायतका अन्य पेट सम्बन्धि समस्याबाट बच्न मद्दत गर्छ ।

यसको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्नुका साथै हाम्रो छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गरेको हुन्छ । यसको सेवनले कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी अन्य रोगहरु बाट समेत बच्न सकिन्छ ।

यसको नियमित सेवनले शरीरमा पानीको मात्राको पूर्ति गर्नुका साथै शरीरमा उर्जा र स्फुर्ति ल्याउन मद्दत गर्छ । यसले रगतमा चिनीको मात्रा पुरा गर्नुका साथै शरीरमा चिनीरोगको विकास हुन दिदैन । यसले कलेजो तथा किडनीलाई पनि बलियो बनाउँछ ।

बिरेनुनमा उक्त रक्तचाप, मोटोपना, कोलेस्ट्रोल, पिनास, घाँटीदुखेको तथा दम जस्तो श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने तत्व रहेको हुन्छ । यसका साथै मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी विभिन्न समस्यालाई पनि नियन्त्रण गर्नमा बिरेनुनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ  ।

बढ्दो उमेरका केटाकेटीहरुका लागि यसले हड्डी बलियो बनाउन मद्धत पुर्याउनु का साथै छालामा दुख दिने खटिरा तथा डण्डीफोर आउन दिदैन । यसले रक्तसंचारमा सुधार ल्याउँनुका साथै रगतलाई प्रदुशित हुनबाट पनि जोगाउँछ । शरीरमा मुड तथा सकारात्मक बिचारको विकासमा पनि यसले मद्दत पूर्याएको हुन्छ ।

Loading...