fbpx

पाचन प्रणालीलाई सक्रिय बनाउने रायो सागका फाइदै फाइदा

स्वास्थ्यमा विभिन्न समस्या देखापरेमा हामीले अंकुरित भोजन, हरियो सागसब्जी, मौसम अनुसारको तरकारी तथा फलफुलको सेवन गरेमा हामीलाई निकै फाइदा पुग्ने हुन्छ । हामीले खाने रायोको साग सबै ठाउँमा सहज रुपमा पाइने गर्छ ।

बजारमा होस् या आफ्नै घरको बारीमा यसलाई सहजै रुपमा उमार्न सकिन्छ । रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले हामीलाई निकै फाइदा पूर्याएको हुन्छ । यसको सागका साथ साथै रायोको दाना समेत हाम्रो स्वास्थ्यका लागि निकै लाभदायिक हुने गर्छ ।

सागमा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसले हाम्रो पाचन प्रणालीलाई सक्रिय बनाएर हामीले खाएको खानालाई अपच हुन दिदैन । यसले कब्जियत हुन नदिनुका साथै पेट सम्बन्धि हुने विभिन्न रोग निको पार्न मद्दत पूर्याउछ ।

पेट सम्बन्धि विभिन्न रोग निको भएमा यसले हाम्रो छालालाई सफा र चम्किलो राख्नमा मद्दत गर्छ । रायोको सागमा प्रसस्त मात्रामा भिटामिन ुएु पाइने भएकाले यसले केटाकेटीलाई रतन्धो रोगबाट बचाउँनुका साथै हाम्रो आँखाको दृष्टिलाई कम हुन दिदैन् ।

यसको सेवनले शरीरमा गर्मि पैदा गरेर रुघा खोकीको समस्या हुन दिदैन । यदि पाचन शक्ति निकै कमजोर छ भने हप्तादिनजति रायोको दानालाई पिसेर तरकारीमा हालेर खाने गर्नाले पाचन शक्ति बलियो बन्दै जान्छ र भोक नलाग्ने समस्या पनि बिस्तारै हटेर जान्छ ।

रुघा लागेमा रायोको दाना पिसे महमा मिसाएर सुँघ्नाले रुघा खोको नियन्त्रणा गर्न मद्दत गर्छ । रायोको गेडाको चूर्ण बनाएर यसलाई तातोपानीमा मिसाएर कुल्ला गर्दा दाँतको दुखाइबाट राहत मिल्छ । साथै यसको चूर्णलाई चिसोपानीमा मिसाएर दिनहुँ बच्चालाई पिलाउने हो भने बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी हटेर जान्छ ।

प्रतिक्रिया

Loading...