युरोकप छनोट : दुई पेनाल्टी पाउँदा स्पेनको सहज जित, १२ खेलको नतिजा के भयो ?

विराटनगर । युरोकप छनोट फुटबलमा स्पेनले स्विडेनलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा दुई पटक पेनाल्टी पाएको स्पेनले स्वीडेनलाई ३–० गोल अन्तरले पराजित गरेकाे हो ।

स्पेनको जितमा कप्तन सर्जियो रामोस, अल्भारो मरोटा र मिकेल ओयारजबलले एक–एक गोल गरे । रामोस र मरोटाले पेनाल्टी मार्फत गोल गरेका हुन् । स्वीडेन र स्पेन बिचको पहिलो हाफ गोलरहित बराबरीमा राकिएको थियो । तर दोस्रो हाफमा स्पेनले तीन गोल गर्याे ।

खेलकाे ६४ औं मिनेटमा डिबक्स भित्र फउल गरेपछि स्पेनले पेनाल्टी पायो । पेनाल्टीबाट गोल गर्दै रामोसले स्पेनलाई १–० गोलको अग्रता दिलाए । ८५ औं मिनेटमा पून पाएकाे पेनाल्टी सदुपयोग गर्दै मरोटाले २–० को अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा स्पेनकालागि ओयारजबलले गोल गर्दै ३–० अन्तरकाे सहज जित दिलाए ।

सोमबार राति युरोकप छनोट अन्तरगत १२ वटा खेलहरु भएका थिए । जसमा डेनमार्कले जर्जियालाई ५–१ ले, रोमानियाले माल्टालाई ४–० ले र पोल्यान्डले इजरायाललाई ४–० गोलअन्तरले नै पराजित गरेको छ । त्यस्तै बुल्गेरियालाई कोसोभो ३–२ गोल अन्तरले पराजित गर्दा स्लोभेनियाले लाटभियालाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

नर्थ म्याकेडोनियालाई अस्ट्रियाले ४–१ गोल अन्तरले पराजित गर्दा आयरल्यान्डले ग्रीबाल्टार २–० गोल अन्तरले पराजित गरेको छ । साेमबार राति नै भएकाे खेलमा फारोए आइसल्यान्डलाई नर्वे २–० गोल अन्तरले पराजित गरेको छ ।

युक्रेनले लक्जेमबर्गलाई १–० ले पराजित गर्दा सर्बियाले लिथुनियालाई ४–१ गोल अन्तरले पराजित गरेको छ । चेक रिपब्लिकले मोन्टेनेग्रोलाई ३–० ले पराजित गर्दा माल्टालाई रोमानियाले पराजित गरेको छ ।

Loading...