स्मार्टफोन बोकेर स्मार्ट बन्ने रहरले विगार्छ स्वास्थ्यलाई

विराटनगर ।

एक्काइसऔं सताब्दीमा नयाँ प्रविधिको विकाससँगै मान्छेहरुको आर्दश, दैनिकी तथा स्वभावमा निकै परिर्वतन आएको देख्न सकिन्छ । हरेक कुराको फाइदासंग संगै बेफाइदाहरु पनि हुने गर्दछन । नयाँ डिजिटलको उत्पादन र सेवाहरूको विकास तीव्र गतिमा भइरहँदा हामीहरुलाई निकै सजिलो पनि भएको छ ।

प्रविधिको विकास र सहजरुपमा प्रविधिसँगको हाम्रो पहुँचले संसारलाई नै नजिक बनाएको छ । सबैको हातहातमा अहिले मोबाइल छ जसको कारण परिवारहरु पनि एक आर्कोसँग टाढिदै गइरहेका छन् । मोबाइल फोन हाम्रो जीवनको महत्वपुर्ण अंग नै बनेको छ ।

फोटो खिच्न, गेम्स खेल्न, इन्टरनेट, भिडियो हेर्न मोबाइलबाट गर्न सकिने भएकै कारणले यसको प्रयोग झन बढेको छ । स्मार्ट फोन बोक्दैमा मान्छे पनि स्माट देखिने भ्रमले हामीहरु यसको उचित प्रयोग गर्न नजान्दा जिवनमा धेरै समस्याहरु आइपरेका हुन्छ ।

मोबाइल फोनको असरलाई लिएर धेरै अनुसन्धान भइरहेको छ र यसबारे धेरै खबरहरु पनि सार्वजनिक भइ रहेको हुन्छ । विभिन्न अनुसन्धानका अनुसार मोबाइल फोनमा दुई मिनेट मात्र गरेको कुराकानीले पनि हाम्रो मस्तिष्कको रक्त प्रणालीमा अवरोध पुर्याउँछ ।

यसले गर्दा अल्जाइमर, पार्किन्सन्स जस्ता मस्तिष्क सम्बन्धी रोग लाग्ने सम्भावना बढ्दै आएको छ । साथै मोबाइल फोनले मानिसलाई डिप्रेशन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थिति सम्ममा पुर्याउने गरेको पाइएको छ । यसले हाम्रो शरीरको मिनरल, हरमोन, कैल्सीयम आदी तत्वमा असन्तुलन बनाएर हाम्रो शरीरमा निकै असर गर्ने पाइएको छ ।

यसका साथै मोबाइलको धेरै प्रयोगले कमजोरी, आँखा पोल्ने, आँखा दुख्ने, टाउको दुखाई, थायराइडको समस्या, केश झर्ने, निद्रा नलाग्ने, मुटु रोग, मृगौलाको समस्या, उच्च रक्तचाप, तनाब, डिप्रेशन, मोटोपन, मस्तिष्कको ट्युमर, मस्तिष्कको क्यान्सर आदी जस्ता गम्भीर रोग लाग्न सक्दछ ।

साना साना कुराका लागि, मनोरञ्जनका लागि, समय कटाउनको लागि, मोबाइलको बढी प्रयोग गरेमा हाम्रो स्वास्थ्यलाई निकै हानी पुग्ने हुन्छ । त्यसैले, हामीले धेरै समय मोबाइल चलाउनु हुदैन ।

Loading...