fbpx

भ्रष्टाचारको आरोपमा पाकिस्तानका पुर्व राष्ट्रपति जरदारी पक्राउ

काठमाण्डौँ ।
पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तान पिपुल्स पार्टीका सहप्रमुख आसिफ अली जरदारीलाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको मामलामा जरदारीलाई पाकिस्तानको नेशनल अकाउंटबिलिटी ब्यूरो (नैब) ले पक्राउ गरेको हो ।

इस्लामाबाद हाई कोर्टले सोमबार मनीलाउण्डरीको केसमा उनको बहिनी फरयाल तालपुरले गरेको अग्रिम याचिका पनि खारेज गरेको छ । न्यायधिश आमिर फारुख रोहसिन अख्तर कियानीको इजलासले उनको याचिका खारिज गर्दै गिरफ्तार गर्ने आदेश दिएको थियो । जरदारी र उनकी बहिनी मनी लाउण्डरींगको मुख्य आरोपित हुन् ।

उनीहरुलाई अवैअ बैंक एकाउण्ट र देशबाहिर पैसा पठाएको आरोप लगाइएको छ । जरदारीलाई पक्राउ गर्न ठुलो संख्यामा प्रहरी पुगेको थियो ।

पाकिस्तानी सञ्चार माध्यमका अनुसार जरदारीको घरमा नैबको टिम जान रोकिएको थियो । पक्राउ हुनु अघि नैबको समुहले पाकिस्तानका सभामुखको अनुमति लिनु परेको थियो । अदालतको फैसला आउनु भन्दा पहिले नै जरदारी र उनकी बहिनी बाहिर गएका थिए । तर जरदारीसंग फैसलाको विरोधमा सर्वाेच्च अदालतमा जान सक्ने विकल्प बाकी छ ।

जरदारी र उनकी बहिनीलाई नक्कली बैंक एकाउण्टबाट ४.४ अर्व पाकिस्तानी रुपैयाँ देश बाहिर पुर्याएको आरोप छ । पाकिस्तान पिपुल्स पार्टीका प्रमुख तथा जरदारीका छोरा बिलावल भुट्टोले बाबुको गिरफ्तारी पछि कार्यकर्तालाई शान्त रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Loading...