fbpx

भारतीय अलराउण्डर युवराज सिंहद्वारा सन्यासको घोषणा

एजेन्सी,

चर्चित भारतीय अलराउण्डर युवराज सिंहले सन्यासको घोषणा गरेका छन् । सन् २०११ को विश्वकप क्रिकेटको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका उनले सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

युवराजले सोमबार मुम्बईमा पत्रकार सम्मेलनको आयोजना गरी सन्यासको घोषणा गरेका हुन् । उनले आफ्नी श्रीमती र आमासँगको सल्लाहपछि सन्यास लिने निर्णय लिएको बताएका छन् ।

सन् २०११ मा क्यान्ससँग संघर्ष गर्दै उनले भारतलाई विश्वकप क्रिकेटको उपाधि जिताएका थिए । उनले उक्त विश्वकपमा ९०.५० को औसतमा ३६२ रन बनाएका थिए । यस्तै उनले १५ विकेट पनि लिएका थिए । युवराजले देशका लागि ४० टेष्ट, ३०४ एकदिवसीय र ५८ अन्तर्राष्ट्रिय टि–२० खेल खेलेका थिए ।

प्रतिक्रिया

Loading...