fbpx

सलमान र प्रियंकामध्ये कसलाई चुने भन्सालीले ?

विराटनगर,
सिने क्षेत्रमा कलाकारहरुको विवादका कारण उनीहरु संगै एकसाथ एउटै चलचित्र गर्न रुचाउँदैनन् । यसै क्रममा बलिउडका चर्चित अभिनेता सलमान खान र अभिनेत्री प्रियंका चोपडा पनि यस्तै विवादमा परेको देख्न सकिन्छ ।

निर्देशक संजयलीला भन्सालीले निर्देशन गर्ने हरेक चलचित्रमा प्रियंका चोपडा आफ्नो अभिनयका कारण पहिलो रोजाइमा पर्ने गर्छिन् । उनी, संजयको नयाँ चलचित्र ‘इन्साअल्ला’मा समेत काम गर्ने तयारीमा थिइन् । तर, उनले अभिनय गर्ने ठाउँमा आलिया भट्टलाई लिइएको छ ।

संजयले प्रियंकालाई नलिकन आलियालाई लिनुको पछाडि सलमान खानको हात रहेको भारतीय मिडियामा उल्लेख गरिएको छ । चलचित्र ‘मुझसे सादी करोगी’मा सलमान र प्रियंकाले संगै काम गरेका थिए । केहि कारणबश उक्त चलचित्र गरेपछि सलमानले प्रियंकासँग काम नगर्ने निर्णय लिएका थिए ।

तर, लामो समयपछि उनीहरुको सम्बन्ध ‘भारत’मा आएर सुध्रिएको थियो । सलमानले प्रियंकालाई ’भारत’मा मुख्य भूमिका अफर समेत गरेका थिए । चलचित्र ‘भारत’मा प्रियंकाले अन्तिम समयमा आएर नगर्ने भनेपछि उनीसँग सलमान निकै रिसाएका छन् ।

संजयलीला भन्सालीले ‘इन्साअल्ला’का लागि प्रियंका र सलमान खानमध्ये एक रोज्नुपर्ने अवस्थासम्म आइपुगेको थियो । संजयले सलमानलाई नै रोजेका छन् । र, यस चलचित्रमा सलमान र आलिया भट्ट पहिलो पटक स्क्रिनमा रोमान्स गर्ने भएका छन् ।

प्रतिक्रिया

10 + twenty =

Loading...