सलमान खानको ‘भारत’ले बक्स अफिसमा तहल्का मच्चाउँदै

विराटनगर,
बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ बुधवार इदको अवसर पारेर प्रदर्शनमा आएको थियो । फिल्मलाई दर्शक र समिक्षक मिश्रित प्रतिक्रिया दिइ रहेका छन् । ’भारत’ले बक्स अफिसमा राम्रो ओपनिङ्ग गर्नुका साथ साथै चौथो दिनसम्ममा सय करोड क्लबमा सामेल हुन सफल भएको छ ।

पहिलो दिन भारतमा मात्र ४२ करोड ३० लाखको व्यापार गरेर यसले रेकर्ड कायम गर्न सफल भएको थियो । निर्माण टिमले फिल्मले तेस्रो दिनमै १०० करोड पार गर्ने अनुमान लगाइएको थियो । तर, दोस्रो र तेस्रो दिन व्यापार राम्रो नभएको कारण तेस्रो दिनसम्म फिल्म सय करोड क्लब पुग्न सकेन ।

तर, यो फिल्मले चौथो दिनमा सहजै सय करोड क्लबमा सामेल भयो । फिल्म चौथो दिनमै सय करोड क्लबमा समावेश भएको कारण फिल्मले नयाँ रेकर्ड बनाको छ । यस फिल्मले हालसम्म चार वटा नयाँ रेकर्ड कायम गरिसकेको छ ।

अली अब्बास जफरको निर्देशनमा तयार भएको यस चलचित्रमा सलमानका साथ अभिनेत्री कट्रिना क्याफ, तबु, दिशा पाटनी, सुनील ग्रोबर ,वरुण धवन र जैकी श्राँफलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

Loading...