‘नेहा कक्कर लाइभ’मा भयो विवाद : आयोजकसहित तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौं,
शनिबार आयोजना गरिएको ‘नेहा कक्कर लाइभ’मा विवाद भएको छ । हलको क्षमताभन्दा बढी टिकट बचेर ठगी गरेको आरोप लागेको छ । उक्त कार्यक्रममा विवाद भएपछि प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।

क्षमताभन्दा बढी टिकट बेचेर दर्शकलाई दुःख दिएर लापरवाही गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले कार्यक्रम आयोजकका ३ सदस्यलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरे पनि परेका छन् ।

कार्यक्रम आयोजित गरिएको ठमेलस्थित एलओडी क्लबको क्षमता २ हजार जनाको थियो । तर, दीपकले झन्डै दोब्बर बढीबाट टिकट काटेर पैसा उठाएका छन् । कार्यक्रम हेर्न पुगेका दर्शकमध्ये हजारभन्दा बढी गेट बाहिर नै बस्नु परेपछि अवस्था बिग्रिएको हो ।

टिकट बेचेर ठगी गरेको र सबै दर्शकले कार्यक्रम हेर्न नपाएकाले दीपक र अरु तीन संचालकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र वोगटीले बताएका छन् । उनका अनुसार प्रत्येक टिकटवापत आयोजकले ५ हजार रुपैयाँ लिएका थिए ।

टिकट काटेर हेर्न नपाएकाहरुलाई पैसा फिर्ता गर्ने प्रयास गरिरहेको प्रहरीले बताएका छन् ।

Loading...