fbpx

विश्वकप क्रिकेट : वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै, दबाबमा दक्षिण अफ्रिका

विराटनगर,
१२औं संस्करणको आइसीसी विश्वकप क्रिकेटअन्तर्गत सोमबार वेस्ट इन्डिज र दक्षिण कोरियाले खेल्दैछन् । नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुने उक्त खेल इंग्ल्याण्डस्थित साउथह्याम्पटनमा हुनेछ ।

जारी विश्वकप क्रिकेटमा वेस्ट इन्डिज सातौं तथा दक्षिण अफ्रिका नवौं स्थानमा छन् । वेस्ट इन्डिजले २ तथा साउथ अफ्रिकाले ३ खेल खेलिसकेका छन् । जसमध्ये, दक्षिण अफ्रिकाले तीनै खेलमा पराजय भोगेको छ ।

उसले पहिलो खेलमा इंग्ल्याण्डसँग हार व्यहोरेको थियो भने दोस्रोमा बंगलादेश तथा तेस्रो खेलमा भारतसँग हार व्यहोरेको थियो । यसैकारण आजको खेलमा दक्षिण अफ्रिका चर्को दबाबमा छ । यद्यपि, दक्षिण अफ्रिकालाई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा फर्कने अवसर प्राप्त छ ।

यता, वेस्ट इन्डिजले भने दुई खेलमध्ये एक खेलमा जित निकालेको छ । उसले पहिलो खेलमा पाकिस्तानविरुद्ध जित निकालेको थियो भने साबिकको विजेता अष्ट्रेलियासँगको खेलमा स्तब्ध भएको थियो ।

फाप डु प्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिकालाई क्रिस मोरिस, डेभिड मिलर, इमरान ताहिर जस्ता खेलाडीको साथ छ । यस्तै वेस्ट इन्डिजको कप्तानी जासन होल्डरले गर्नेछन् । उसलाई क्रिस गेल, सानन ग्राबियल, डरेन ब्राभो जस्ता खेलाडीको साथ छ ।

प्रतिक्रिया

Loading...