fbpx

लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन रद्द गर्न सरकार र लोकसेवालाई संसदीय समितिको निर्देशन

काठमाडौं,
लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन रद्द गर्न सरकार र लोकसेवालाई संसदीय समितिले निर्देशन दिएको छ । आयोगले भर्खरै मात्र स्थानीय तहका लागि ९ हजारभन्दा बढी कर्मचारीको माग माग्दै विज्ञापन गरेको थियो ।

उक्त विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएको हो । सोमबार बसेको समिति बैठकले विज्ञापन रद्द गर्न निर्देशन दिने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँगको छलफलपछि एकमतले उक्त निर्णय गरेको हो ।

बैठक समितिले संविधानको धारा २९३ अनुसार आयोगलाई विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । समितिले यस्तो निर्देशन दिए पनि बैठकमा सहभागी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितले भने लोकसेवाले कर्मचारी भर्नाका लागि गरेको पछिल्लो विज्ञापन ऐनअनुसार नै भएको बताएका छन् ।

प्रतिक्रिया

Loading...