परमिताले गरिन् खुलासा : दुई वर्षदेखि फिल्मको स्क्रिप्ट लेख्दै

विराटनगर,
अभिनेत्री परमिता आरएल राणाले बिहीवार आफ्नो आवाजमा रहेको म्यूजिक भिडियो ‘क्वीन’ सार्वजनिक गरेकी छन् । उक्त गीत सार्वजनिक कार्यक्रममा उनले ठूलो खुलासा गरेकी छन् । उनले आफू गएको २ वर्षदेखि फिल्मको स्क्रिप्ट लेखिरहेको बताएकी छन् ।

धेरै फिल्महरु गरेपनि बक्स अफिसमा सफल हुन नसकेपछि उनी आफ्नो लुक्स र गायनका कारणले चर्चामा छिन् । फिल्मभन्दा पनि उनी आफ्नो आयुषमान र हिसी लोसाङ्गसँगको प्रेम सम्बन्ध र ब्रेकअपका कारण मिडियामा चर्चाको विषय बनेकी हुन्छिन् ।

गीत संगसंगै लेखनलाई महत्व दिँदै उनले फिल्मको स्क्रिप्ट लेख्दै गरेको बताएकी छन् । आफूले बनाउँदै गरेको स्क्रिप्टमा फिल्म बनाउन निकै गाह्रो रहेको बताउँछिन् परमिता । आफूले लेख्दै गरेको स्क्रिप्टले धेरै सेटहरुको माग गरेको भएर उनले यस स्क्रिप्टलाई फिल्ममा उतार्न निकै मुस्किल हुने बताइन् ।

उनले ‘चपली हाईट २’ बाट नेपाली सिने क्षेत्रमा डेब्यू गरेकी हुन् । यसपछि उनले ’रोज’, ’चंगा चेट’, ’द म्यान फ्रम काठमाडौं’ जस्ता फिल्महरुमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका फिल्महरुमध्ये कुनैले पनि बक्स अफिसमा राम्रो कमाईगर्न सकेन ।

अहिले उनी सिंगल छिन् । अहिले उनको हातमा कुनै फिल्म पनि छैन । उनी अभिनीत फिल्म ’कर्मा’ प्रदर्शनको पखाइमा छ । तर, निर्माण टिमले अझै सम्म रिलिज मिति तय भने गरेको छैन ।

Loading...