fbpx

इन्डिया भर्सेस अष्ट्रेलिया : टस जितेर ब्याटिङमा उत्रियो भारत

विराटनगर,
१२औं संस्करणको आइसीसी विश्वकप क्रिकेट प्रतियोगितामा आज उपाधि दाबेदार मानिएका अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । जहाँ, भारतले टस जितेर ब्याटिङ गर्ने निधो गरेको छ ।

विश्वविजेता अष्ट्रेलिया र भारतबीचको खेल रोमाञ्चक हुने अपेच्छा गरिएको छ । अष्ट्रेलिया तेस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको भारत दोस्रो जित हात पार्ने योजनामा छ ।

अष्ट्रेलियाले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । दोस्रो खेलमा वेष्ट इन्डिजलाई पराजित गरेको थियो । आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो ।

यी दुई टोली बिच पछिल्लो पाँच खेलमा भारत दुई खेलमा बिजयी हुँदा अष्ट्रेलियाले तीन खेलमा जित निकालेको छ । दुवै टिमको ब्याटिङ, बलिङ र फिल्डिङ उत्कृष्ट छ ।

आरोन फिन्चको कप्तानमा उत्रने अष्ट्रेलियाको टिममा स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहर

 

प्रतिक्रिया

Loading...