अब स्नातक तह उत्तीर्ण गर्नका लागि १० वटा रूख रोप्नैपर्ने

एजेन्सी,
फिलिपिन्समा स्नातक तह उत्तिर्ण गर्न १० वटा रूख रोप्नैपर्ने नियम लागू भएको छ । फिलिपिन्स सरकारले जंगलक्षेत्र विनाश हुँदै गएपछि यस्तो नियम लागू गरेकोत्र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फिलिपिन्सका माग्दलो दलका नेता ग्यारी अलेसनोको महत्त्वपूर्ण भूमिकामा उक्त नियम बनेको हो । बीसौं शताब्दीमा वनक्षेत्र ७० प्रतिशतबाट २० प्रतिशतमा झरेको भन्दै यहाँको सरकारले यस्तो व्यवस्था गरेको हो ।

अब फिलिपिन्समा हाइस्कुलदेखि स्नातक तहसम्मका विद्यार्थीले वार्षिक १७ करोड ५० लाख रूख रोप्नेछन् । विद्यार्थीले स्थानीय प्रजातिका रूख वन, संरक्षित क्षेत्र, सैन्य इलाका र शहरका निश्चित क्षेत्रमा रोप्नुपर्नेछ ।

Loading...