fbpx

विश्वकप क्रिकेट : अष्ट्रेलिया र भारत भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । आइसिसि विश्वकप क्रिकेट प्रतियोगितामा आज उपाधि दाबेदार मानिएका अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । आज दिउँसो ३ : १५ मा सुरु हुने खेलमा दुबै टोली उच्च मनोबालका साथ मैदान उत्रदैछन् ।

विश्वविजेता अष्ट्रेलिया र भारत बिचको खेल  राेमाञ्चक हुनेछ । अष्ट्रेलिया तेस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको भारत दोस्रो जित हात पार्ने योजनामा छ ।

अष्ट्रेलियाले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । दोस्रो खेलमा वेष्ट इन्डिजलाई पराजित गरेको थियो । आफ्नो पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो ।

यी दुई टोली बिच पछिल्लो पाँच खेलमा भारत दुई खेलमा बिजयी हुँदा अष्ट्रेलियाले तीन खेलमा जित निकालेको छ । दुवै टिमको ब्याटिङ, बलिङ र फिल्डिङ उत्कृष्ट छ ।

आरोन फिन्चको कप्तानमा उत्रने अष्ट्रेलियाको टिममा स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा अटाएका छन् ।

विराट कोहलीको कप्तानीमा भारत मैदान उत्रदा रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर पहिलो रोजाइमा छन् ।

प्रतिक्रिया

Loading...