fbpx

प्रधानमन्त्री कप : आश्वासन मोटरसाइकलको, तर दिइयो ५० हजार मात्र !

काठमाडौं । राज्यको काम लगानी भएपनि नेपाली क्रिकेट टोलीले अन्तराष्टिय क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गरेको छ । पहिलो पटक एक दिवसीय क्रिकेट टोलीको मान्यता पाएको नेपाली क्रिकेटको विकासमा राज्यले पर्याप्त ध्यान दिएको छैन् । भौतिक पूर्वाधार र खेलाडीको सेवा सुविधामा सहयोग गर्न नसकेको सरकारले तीन वर्षयता प्रधानमन्त्रीकाे कपकाे नाममा प्रतियाेगिता आयाेजना गर्दै आएकाे छ ।

वार्षिक रूपमा एउटा प्रतियाेगिता आयाेजना गर्दै आएकाे सरकारले क्रिकेट खेललाई प्राथमिकतामा नराखेको प्रमाण प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको समापनका क्रममा देखियो ।

सरकार मातहतको राष्ट्रिय खेलकुद परिषद (राखेप) आयोजक रहेको प्रतियोगितामा सर्वाेकृष्ट खेलाडीलाई मोटरसाइकल उपहार दिने घोषणा गरेको थियो । तर नेपालयसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगिताका सर्वाेकृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ मात्र पाए ।

प्रतियोगिता सुरु हुनअघि सर्वोकृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गर्ने घोषणा थियो । तर प्रतियोगिता सकिएपछि शनिवार आयोजकले सर्वोकृष्ट खेलाडी बनेका ललित राजवंशीलाई ५० हजार रुपैयाँ मात्र दियो । प्रतियाेगिताकाे उपाधि नेपाल प्रहरीले जितेकाे थियाे ।

त्यस्तै विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही ५० हजार दिने घोषणा गरिएको थियो । तर तेस्रो संस्करणको विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ३० हजार रुपैयाँ मात्र प्राप्त गरे । सह आयोजक नेपालय इन्टरनेश्नल प्रा लिका अध्यक्ष सुवास चन्द्र प्रधानले सर्वोकृष्ट खेलाडीलाई बाईक वा ५० हजार मध्य एक दिने योजना अनुसार रकम दिइएको बताए ।

नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा परेपछि राखेपले प्रधानमन्त्रीको नाममा एकदिवसीय प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया

Loading...