fbpx

पर्सामा फेरी हावाहुरी : दर्जनौँ घरमा क्षती, केही घाइते

पर्सा ।

शनिबार साँझ बर्षासँगै हावाहुरी आएपछि पर्सामा दर्जनौं घरमा क्षति हुनुका साथै केहि मानिसपनि घाइते भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले हावाहुरीले पुर्याएको क्षतीको विवरण संकलन गरिरहेको बताउदै मानवीय क्षती नभएपनि घाइते भएको खबर आएको बताए । घटनाका विषयमा यकिन तथ्यांक संकलन भइरहेको उनले जानकरी दिए ।

हावाहुरीले वीरगञ्ज महानगरपालिका वडा नं १८ भवानीपुरका समसुद्धिन हवारीकी ४ वर्षीया छोरी सवना खातुन, वीरगञ्ज–२२ की ४७ वर्षीया मैनुदेवी लगायत घाइते भएको प्रहरीले जनाएको छ ।
दुई तले घरको छतमा खेलिरहेकी सवनालाई हुरीले उडाएर भुईमा खसालेको थियो । त्यसैगरि हावाहुरीले गाउँका दर्जनौं घरमा क्षति भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए ।
यस्तै हुण्डरीकै कारण वीरगञ्ज–२३ सवैठवामा एक दर्जन भन्दा बढी घरमा क्षति पुगेको छ । हावाहुरीले भकारीको छानो, गोठ, पक्की घर समेत भत्केको छ ।

यस्तै बहुदरमाई नगरपालिका वडा नम्बर ३ मा क्ष हावाहुरीले गर्दा दिपेन्द्र प्रसाद यादवको कुखुरा फर्म, ईसाहाक मियाँ, गुलिराम, विजय राम, भरत राम, जिउत साह लगायतको घरमा क्षति पुगेको छ । साँझ झण्डै आधा घण्टा वर्षासँगै हावाहुरी आएको थियो ।

प्रतिक्रिया

Loading...