पुलिसले चुम्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

काठमाडौं ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय नेपाल पुलिस क्लबले उचालेको छ । सनिबार काठमाडौं सम्पन्न फाइनल खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै पुलिस क्लबले उपाधी उचालेको हो।

आर्मीले दिएको १२६ रनको लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । जितका लागि पुलिका अमित श्रेष्ठले ४४ र सुनिल धमलाले ४२ रनको योगदान रह्यो ।

किर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मीलाई सस्तैमा समेट्ने क्रममा ३३.३ ओभरमा पुलिसले अल आउट गरेको हो । आर्मीले १२५ रन बनाएको थियो। उसका लागि सोमपाल कामीले ३५, राजु रिजालले ३२, भिम सार्कीले २० तथा रोहितकुमार पौडेलले १८ रन बनाए। पुलिसका ललितनारायण राजवंशी र पवन सर्राफले समान ४ विकेट लिएका थिए।

Loading...