fbpx

प्रधानमन्त्री ओली निस्किए युरोप भ्रमणमा

काठमाण्डौँ ।

झण्डै दुई साता लामो युरोप भ्रमणकोलागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली सनिबार बेलुका प्रस्थान गरेको छ । साँझ स्विजरल्याण्डको राजधानी जेनेभाकालागि टोली उडेको हो ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन् ।

प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकीलाई सम्बोधन गर्ने कार्यक्र रहेको छ । त्यसपछि केही द्विपक्षीय भेटवार्ता पनि हुनेछ । सम्बोधन र भेटघाट पछि सोही साँझ प्रधानमन्त्री ओली बेलायत जानेछन् ।

प्रधानमन्त्रीले बेलायतमा केही उच्चस्तरीय भेटघाट गर्नुका साथै अक्सफोर्ड विश्वविद्यालयमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने जनाइएको छ ।

ओली जेठ २९ गते फ्रान्स जानेछन् र फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Loading...