fbpx

मोरङ व्यापार संघ चुनाव : प्रकाश मुन्दडा नेतृत्वकाे समूह बिजयी

विराटनगर । मोरङ व्यापार संघको  नयाँ कार्य समितिकालागि भएको चुनावमा वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा समूह बिजयी भएको छ ।   शुक्रवार भएको चुनावमा असन्तुष्ट समुहले मतदान बहिष्कार गरेपछि  मुन्दडा समुह विजयी भएको हो ।

उद्योगतर्फ उम्मेदवारी दिएका अध्यक्षका दाबेदार मुन्दडाले २१३ मत ल्याए । वरिष्ठ उपाध्यक्षको दाबेदार नवीन रिजालले २७६ मत ल्याए । उनी वाणिज्यतर्फका उम्मेद्धवार हुन् । वाणिज्यतर्फबाट अनिलकुमार साह पनि बिजयी भए ।

मतदान बहिष्कार गरेको समूहका सुनीलकुमार बिड्लाले ३४ मत ल्याउदा अरविन्दकुमार शर्माले २८ मत ल्याएका थिए । उद्योगतर्फ मेघराज सिग्देलले १७, धीरज पोखरेलले १० र सुकुमार सेनले ६ मत पाए । उनीहरूले मतदान प्रकृयामा असन्तुष्टी जनाउँदै मतदान बहिस्कार गरेका थिए ।

निर्वाचनमा उद्योगतर्फका निर्वाचित उम्मेदवार अनिल सारडाले २१४, अनुपम राठी २१३, अमित सारडा २१३, दीपेश सुवेदी २१२, पवन राठी २१०, सुनिल टिवडेवाल २१० र आशीष जाजु २०३ मत ल्याएका थिए ।

वाणिज्यतर्फबाट निर्वाचित मनीषकुमार मारुले २७९, विकास वेगवानी २७८, विनित सिंघानिया २७६, देवाशीष गोल्छा २७४, राजेशकुमार अग्रवाल २७३ र सुशील सुराना २६३ मत ल्याएका थिए ।

नेपालकाे पूरानाे व्यवसायीक संघको विधानअनुसार, १८ जना सदस्य निर्वाचित भएपछि उनीहरूबाटै पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Loading...