कक्षा एकका विद्यार्थीसँगै पढे शिक्षामन्त्री पाेखरेल

विराटनगर । गत चैत पहिलो साता विराटनगर– १९ को जागृती आधारभूत विद्यालयको छड्के अनुगमन गर्न पुगेका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले २–४ जना विद्यार्थी मात्र देखे ।

एक जना शिक्षकको दरबन्दी रहेको सो स्कुलमा शिक्षक थिएनन् । तर दुई महिनापछि पुन सोही स्कुल पुगेका शिक्षा मन्त्री पोखरेल २ घण्टा विद्यार्थीसँगै पढेर फर्कीए । मन्त्रीलाई पढाउने शिक्षक थिएनन् । विद्यार्थीले नै उनलाई ए,बि,सि,डी र कखरा पढाए । सधै मञ्चमा बस्ने मन्त्री भुई विद्यार्थीसँगै बसेर पढे ।

बिहिवार मन्त्री पोखरेल स्कुल पुगेका हुन । स्कुल हरेपछि शिक्षकसँग सामान्य गफगाफ गरे र कक्षा काेठामा पसेर विद्याथी बस्ने म्याटमा बसेर सँगै पढे । ऋषिदेव समुदायका विद्यार्थी पढ्ने सो स्कुलमा पुगेका मन्त्रीले विद्यार्थी सँगै पढेका हुन् । विहान करिब साढे ११ बजे पुगेका पोखरेल दुई घण्टा सँगै बसेर विद्यार्थीसँग भलाकुसारी गर्दै पढे । टिफिनको समयमा विद्यार्थी खाजा खाना घर गएपछि विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने आश्वासन दिएर काठमाडौं फर्कीए ।

नेपालमा उच्च पदस्थहरु सार्बजनिक कार्यक्रममा ढिलो पुग्छन् । पुग्दा दलबल सहित पुग्छन् । तर बिहिवार मन्त्री फरक रुपमा देखिन्थे । सधै मञ्चमा अतिथी भएर बस्ने मन्त्री विद्यार्थी भएर भुईमा पलाटी कसेर बसे ।

दुई महिना अघि मन्त्री छट्के अनुगमनमा आउँदा स्कुलेको प्रध्यानाध्यापक गणेश अधिकारी थिए । निजी स्कुल सञ्चालन गरिरहेका अधिकारीले नपढाएका कारण विद्यार्थी चारजना मात्र थिए । मन्त्रीको ठाडो निर्देशनमा अधिकारीको सरुवा भएपछि ददिराम नेपाललाई प्रध्यानाध्यापक बनाइएको छ ।

गत बैशाख १५ गते स्कुलमा हाजिर भएका नेपालले अभिभावकसँग घरदैलो गरी ४ जना विद्यार्थीबाट १५० जना भन्दा बढी पुगेका छन् ।
ऋषिदेव समुदायका विद्यार्थी मात्र अध्ययन गर्ने सो स्कुलमा वृहत राष्ट्रिय शिक्षा अभियानले पनि काम गरिरहेको छ । प्राध्यानाध्यापकसँगै घरदैलोमा सहयोग गरेको अभियानले शिक्षण सिकाईमा पनि निशुल्क सहयोग गरिरहेको छ ।

अभियानले विराटनगरका पाँचवटा स्कुल सहित देशभरका १० वटा विद्यालयमा निशुल्क शिक्षा सुधारको काम गरिरहेको अभियानका सहसम्योजक श्रीमन्त भट्टराई बताउछन् । ती विद्यालयमा एक वर्ष सम्म निशुल्क प्राविधिक सहयोग गर्ने उनको भनाई छ । विराटनगर सहित उद्यपुर, धनकुटा, सिन्धुली र काठमाडौंमा पनि अभियान सञ्चालन गरिएको भट्टराईले बताए । ‘मन्त्री ज्यू धेरै समय बस्नुहुन्छ जस्तो लागेको थिएन् ।’ उनले भने ‘ जागृतिमा २ घण्टा विद्यार्थीसँगै पढेर सयपत्री प्राविको पनि अवलोकन गर्नुभयो ।’ अभियानले सयपत्री प्राविमा पनि सुधारको काम गरिरहेको छ ।

प्राध्यानाध्यापक भन्छन : ‘बोडिङको भन्दा राम्रो पढाउछु’

काज सरुवा लिएर जागृति स्कुलमा गत बैशाख १५ गते हाजिर भएका नेपालले ४ जना मात्र विद्यार्थी भेटेका थिए । विद्यार्थी कम भएपछि खोरिया क्षेत्रमा घरदैलो अभियान गरी विद्यार्थीको संख्या १५० भन्दा बढी पूर्याएको अधिकारी बताउछन् । ‘व्यागमा चलकलेट बोकेर विद्यार्थी पठाउन भन्दै घर घर पुगेको छु ।’ उनी भन्छन ‘ चकलेट दिएर विद्यार्थीलाई फकाए, अभिभावकलाई एक वर्ष पठाइदिनु बोडिङको जस्तो बनाउने बाचा गरेको छु ।’

काज सरुवा भएर आएका अभिभावकलाई सुधार गर्ने आश्वासन दिएपनि उनको सरुवा हुने टुंगो छैन् । ‘म काज सरुवा भएको विषय मन्त्रीलाई पनि सुनाएको छ ।’ उनी भन्छन ‘मन्त्रीलाई यही राखिदिए स्कुल बनाएर देखाउछु भनेको छु ।’ मन्त्रीले पनि काम गर्न दिने आश्वासन दिएको उनले बताए ।

Loading...