आइतबार सार्वजनिक बिदा हुने

काठमाडौं,
सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले विज्ञप्ति निकालेर आइतबार रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक बिदा हुने जानकारी गराएको हो । सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्सेनि बिदा दिँदै आएको छ ।

उपत्यकाबाहेक अन्य जिल्लामा भने बिदा नहुने गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Loading...