fbpx

एसिड आक्रमणबाट बाँचेकी युवतीको कथामा बनेको ‘छपाक’ को छायांकन सकियो, कहिले हुन्छ रिलिज ?

विराटनगर,
एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को छायाङ्कन सकिएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको फिल्ममा अभिनेत्री दीपिकाले पादूकोणले लक्ष्मीको भूमिका निर्वाह गरेकी छन् ।

मङ्गलबार फिल्मको छायाङ्कन सकिएपछि इन्स्टाग्राम अकाउन्टमा दीपिकाले एक तस्बिर सेयर गर्दै छायांकन सकिएको जानकारी दिएकी छन् । दीपिकाले यो फिल्म आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट फिल्म रहेको र फिल्म १० जनावरी २०२० मा रिलिज हुने बताएकी छन् ।

यस फिल्मका लागि दीपिकाले निकै नै मेहेनत गरेकी छन् । हरेकपल्ट छायांकन गर्दा दीपिकाले घन्टौँ समय मेकअपमा बिताएकी थिइन् । आफूलाई एसिड आक्रमणमा परेको युवतीको भूमिका निर्वाह गर्न निकै कठिन रहेको उनी बताउँछिन् ।

फिल्ममा दीपिकाको ओपोजिटमा विक्रान्त मैस्सी रहेका छन् । फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी हुन् । दीपिकाका पति रणवीर सिंह यस फिल्मको लागि निकै उत्साहित रहेको भन्दै उनले दीपिकाको फोटोमा कमेन्ट गरेका छन् ।

प्रतिक्रिया

Loading...