fbpx

आफ्नो आदतअनुसार काम गर्न नपाएको भन्दै न्यायाधिवक्ताको पदबाट राजीनामा

काठमाडौं

स्वतन्त्रपूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यताका कारण प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाई आफ्नो पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन् । कानुनी व्यवस्था अनुसार न्यायाधिवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने अधिकार छ ।

न्यौपानेले मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ति र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण आफूले राजीनामा दिएको बताए ।
रासस

प्रतिक्रिया

Loading...