fbpx

पहिलो बैठकबाटै नेकपा मोरङको नेतृत्व परिवर्तन : अध्यक्षमा पोखरेल र सचिवमा उप्रेती

विराटनगर ।

केन्द्रीय नेतृत्वले चयन गरेको नेतृत्व परिवर्तन गर्दै नेकपा मोरङमा नयाँ नेतृत्व चयन भएकाे छ । नेकपाको जिल्ला अध्यक्षमा पूर्व एमाले सचिवका ऋषिकेश पोखरेल  र सचिवमा पूर्व माओवादीका जिल्ला संयोजक गणेश उप्रेती सुशिल चयन भए ।

पार्टी एकतापछि केन्द्रीय कमिटी सदस्य बनेका विनोद ढकाल र गोपी अछामीले नेतृत्व गर्दै आएको मोरङ जिल्ला कमिटीको पहिलो बैठकबाट  पाेखरेल र उप्रेतीलाइ नेतृत्व हस्तान्त्त्रण गर्ने निर्णय गरे ।

जिल्ला पार्टी एकिकरण गर्दा केन्द्रीय कमिटीले पूर्व नेतृत्व गर्नेलाई नै जिल्लाको संयोजक र सहसंयोजक तोकेको थियो । केन्द्रीय कमिटीले दिएको दोहोरो जिम्मेवारीबाट पन्छिन मोरङको नेतृत्वले पहिलो बैठकबाट नेतृत्व हस्तान्तरण गरेको हो । पाटीकाे प्रदेश कमिटीले स्विकृत गरेपछि नयाँ नेतृत्वले बैधानिकता पाउनेछ ।

नेतृत्व हस्तान्तरण पछि नेकपा केन्द्रीय सदस्य विनोद ढकालले पार्टी एकिकरणको प्रारम्भ भएसँगै कार्यदल बनाई पटक– पटकको छलफलबाट पोखरेल र उप्रेतीलाई नै जिल्लाको नेतृत्वको लागि सिफारिस गरेको बताउदै त्यसैलाई कार्यान्ययन गर्न पहिलो बैठकबाटै नेतृत्व हस्तान्तरण गरेको जानकारी दिए ।

बुधबार नेकपा मोरङका सदस्यहरुको सपथग्रहणको कार्यक्रम सम्पन्न भएपछि बसेको पहिलो बैठकको अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य विनोद ढकालले पूर्ववत सहमति अनुसारको प्रस्ताव वैठकमा राखेका थिए । ढकाललको प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो । यहि निर्णयलाई प्रदेश तथा केन्द्रीय कमिटीले अनुमोदनको लागि सिफारिस गरिएको छ ।

यसैबिच बुधबार नै बसेको वैठकले अध्यक्ष पोखरेलको नेतृत्वमा ५ सदस्य कार्यालयको टीम निर्माण गरेको छ । जसको सचिवमा गणेश उप्रेती सुशिल, रामलाल साह, बाबुराम कार्की र खेम भट्टराई सदस्य रहेका छन् । मोरङमा एकसय ८७ जना जिल्ला सदस्यले बुधबार सपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया

Loading...