मेयर चौधरीलाई कारवाही गर्न सांसदहरुको माग

काठमाडौं ।

बिहिबारको संसद बैठकमा सुन्य समयमा बोल्दै प्रतिनिधिसभाका सांसदहरुले इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीमाथि कारवाही गर्न माग गरेका छन्।

सांसदहरुले सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्ने मेयर चौधरीलाई कारवाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

सुन्य समयमा सांसदद्वय सुजाता परियार र हिरा गुरुङले मेयर चौधरीबाट सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारप्रति सरकारको ध्यानाकर्षण गराउदै कारवाहीको माग गरेका हुन् । सांसद गुरुङले पत्रकारलाई दुर्व्यवहार गर्ने प्रमुखलाई तत्काल कानुनी कारवाही गर्नु पर्ने बताए ।

Loading...