हिन्दीलाई सम्पर्क भाषा नबनाउन माग गर्दै संसोधन प्रस्ताव

जनकपुरधाम । हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने प्रदेश सरकारको नीति तथा कार्यक्रमको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले संशोधन दर्ता गराएका छन् ।

नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र कांग्रेस सांसद शिवचन्द्र चौधरीले हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन नहुने भन्दै संशोधन दर्ता गराएका हुन् ।

नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्माले प्रदेश नम्बर २ मा मैथिली र भोजपुरी मुख्य रुपमा बोलिने भाषा भएको भन्दै उनले यी दुबै भाषा अर्का भाषीले राम्रोसंग बुझिरहेको भन्दै हिन्दी भाषालाई जबरजस्ती लाद्नु उचित नहुने बताए ।
कांग्रेस सांसद शिवचन्द्र चौधरीले अरु देशको भाषालाई मान्यता दिनुको कुनै तुक नभएको भन्दै प्रदेश सरकारले नयाँ विवाद झिक्न खोजेको अरोप लगाए ।

उनले प्रदेशमा मैथिली र भोजपुरी नै बोलिने र एकले अर्काको भाषा बुझ्ने भएकाले हिन्दी भाषालाई सम्पर्क भाषा बनाउन जरुरी नभएको उल्लेख गरे ।
प्रदेशमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई संशोधन गर्नुपर्ने भन्दै आठ जना सांसदले संशोधन दर्ता गराएका छन् । संशोधन दर्ता गराउनेमध्ये चार जना सत्तारुढ राजपा नेपालका छन् ।

सत्तारुढ राजपा नेपालका सचेतक परमेश्वर साह, सांसद विदेश्वर यादव ‘विक्की’, डाक्टर रिना यादव र बाबुलाल साहले संशोधन दर्ता गराएका छन् । उनीहरुले मन्त्रीमुखी भएर सरकारले आफू अनुकुलका योजना ल्याएको भन्दै संशोधन दर्ता गराएका छन् । यस किसिमको योजनाबाट प्रदेशको समृद्वि हुन नसक्ने सांसद बिक्की यादवको भनाई छ । उनले प्रदेश २ को समृद्विका लागि संशोधन प्रस्ताव दर्ता गराएको बताए ।

Loading...