रवी ओडको ‘दिलको फ्रेममा’ सार्वजनिक (भिडियोसहित)

विराटनगर,
‘नेपाल आइडल सिजन २’ का विजेता रवी ओडले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । ‘दिलको फ्रेममा’ बोल भएको यस गीतको भिडियोलाई ओएसआर डिजिटलको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतमा रवीलाई गायिका पुष्पा पौडेलले गायनमा साथ दिएकी छन् । यस गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र अभिनेता पुष्प खड्काको प्रस्तुति रहेको छ । गीतको भिडियोमा एक प्रेमी प्रेमिकाले आफ्नो प्रेममा देखेको सपना अनि मायामा गरिने बाचा कसमलाई प्रस्तुत गरिएको छ ।

धन सम्पत्ति भएको र परदेशमा रहने पुष्पले आँचललाई फकाउन गरिएको प्रयासलाई गीतमा देखाउन खोजिएको छ । देवल भण्डारीको शब्द रचना रहेको गीतको भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन् ।

साहस शाक्यको संगीत संयोजन रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन् । गीतको भिडियोलाई शुभ्रतराज आर्चायले निर्देशन गरेका हुन् ।

Loading...